दफा २०
व्यक्ति उपस्थित गराउन तथा व्यक्ति रहेको स्थान पत्ता लगाउन अनुरोध गर्न सक्ने
(१) नेपालमा रहेको कुनै व्यक्तिले विदेशी राज्यमा विचाराधीन कुनै न्यायिक कारबाहीमा सहयोग गर्न सक्ने कारण देखाई विदेशी राज्यले त्यस्तो व्यक्तिलाई उपस्थित गराई दिन कूटनैतिक माध्यम मार्पmत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।
(२) कुनै न्यायिक कारबाहीसँग सम्बन्धित कुनै व्यक्ति रहेको स्थान पत्ता लगाउनु पर्ने वा व्यक्ति सनाखत गर्नु पर्ने भएमा विदेशी राज्यले कुटनैतिक माध्यम मार्फत नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ ।